OnePlus कम्पनीले आफ्नो Oxygen OS मा थप पाँच फिचर ल्याउने।

0 52

स्मार्टफोन उत्पादक कम्पनी one plus ले थप पाँच नयाँ फिचर ल्याउने पुष्टि गरेको छ। हालैमात्र कम्पनीले IDEA नामको अभियान चलाएको थियो, सोही अभियानमार्फत आफ्ना प्रयोगकर्ता तथा ग्राहकहरुबाट सुझावहरु लिएको थियो। सो कम्पनीले चलाएको अभियान तथा सुझाव कार्यक्रम मार्फत आफ्ना ग्राहकहरु बाट नयाँ थप सुविधाहरु को बारेमा विवरण लिएको छ। कम्पनीले आफ्नो प्रयोगकर्ताको सुझावलाई मध्यनजर गर्दै आज ५ सुविधाहरु ल्याउने पुष्टि गरेको छ।

कम्पनीको अनुसार ५ हजारभन्दा बढी सुझावहरु आफ्ना ग्राहक हरुले दिएका थिए र सो ५००० सुझाव;मध्ये ५ सुबिधाहरु एकदमै महत्वपूर्ण रहेको थानेर कम्पनीले यसलाई थप गर्ने जानकारी गराएको छ।

१. Always On Display.

OnePlus कम्पनीले पहिले नै Always On Display सुविधा ल्याउने जानकारी गराएको थियो। आफ्ना प्रयोगकर्ताहरुको बाट धेरै माग आएपछि यो फिचरलाई अगस्ट / सेप्टेम्बर महिना भित्र थप गर्ने जानकारी गराएको छ।

२. Enable fingerprint lock for hidden pictures in the gallery.

नयाँ Oxygen OS मा कम्पनीले यो सुविधा पनि थप गर्ने जनाएको। सो सुविधा आएपछि ग्रहकले ग्यालरीमा लुकाएको फोटो तथा भिडियो हरु लाई थप गुणस्तरीयको सुरक्षा दिने जानकारी गराएको छ।

३. Sound when battery is fully charged.

हालसम्म हामीले आफ्नो मोबाइल फोन चार्ज गर्दा सय प्रतिशत पुगिसक्दा पनि हामीले कुनै पनि प्रकार को फोनबाट जानकारी पाउँदैनौ, तर ग्राहकहरूको सुझाव अनुसार १०० प्रतिशत मोबाइल चार्ज भइसकेपछि कुनै प्रकारको आवाज मार्फत जानकारी दिने सुविधा थप गर्ने भएको छ।

४. Folders within the app drawer

OnePlus ले आफ्नो Oxygen OS मा थप यस्तो सुविधा दिइनेछ जसले आफ्नो App हरु लाई Group गरेर राख्न सकिनेछ। जसले गर्दा प्रयोगकर्ताहरुलाई आफुलाई चाहिएको एप्लिकेसनलाई खोल्न सहज हुनेछ।

५. Zen Mode मा आवश्यक सुविधाहरू उपलब्ध हुनेछ.

One plus प्रयोगकर्ताहरु मध्यममा अत्याधिक लोकप्रिय रहेको छ। कम्पनी अनुसार Zen Mode लाई थप सुधार गर्ने जनाएको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply