दशैँमा बिदेश घुम्न जाने योजना छ ? इसेवाबाट सजिलै लिनुहोस् सस्तो टिकट

48

नेपालमा अन्तर्राष्ट्रिय हवाई यात्राका लागि टिकट काट्न ट्राभल एजेन्सीमै धाउनुपर्ने बाध्यता थियो । तर,  अहिले घरमै बसी–बसी इन्टरनेटबाट टिकट लिन सकिने व्यवस्था छ । तर, अझै पनि यो सुविधाबारे जानकारी नपाएर या मेसो नभएर अधिकांश व्यक्ति एजेन्सीमै धाउने गरेको देखिन्छ ।
दशैं रमाइलो गरेर मनाउने पर्व हो । दशैँमा कतिपय व्यक्ति सपरिवार बिदेश घुम्न निस्किन्छन् । तपाईं पनि यो दशैंमा बिदेश यात्रा गर्दै हुनुहुन्छ भने अब टिकट काट्न ट्राभल एजेन्सी नै पुग्नुपर्छ भन्ने छैन । नेपालमै पहिलोपटक अनलाइनमार्फत् अन्तर्राष्ट्रिय टिकट काट्न सकिने भएको छ ।
सस्तोटिकट डटकमले विश्वका जुनसुकै कुनाबाट अर्को कुनै स्थानमा जान सकिने गरी आफ्नो सेवा सुरू गरेको छ । अनलाइनबाटै टिकट काट्दा एयरलाइन्सकै वास्तविक मूल्यमा टिकट काट्न सकिने भएकाले ट्राभल एजेन्सीको भन्दा धेरै सस्तो पर्न जाने सस्तोटिकट डटकमले जनाएको छ ।

यो टिकट काट्नका लागि आफूसँग इसेवा अकाउन्ट भने आवश्यक पर्छ । इसेवामार्फत् रकम भुक्तानी गरी सजिलै अन्तर्राष्ट्रिय उडानको टिकट काट्न सकिनेछ । इसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । नेपालभर इसेवाका २५ हजार बढी जोन तथा पोइन्ट छन् ।
इसेवाका अलावा प्रभु बैंक, ग्लोबल आईएमइ बैंकको इन्टरनेट बैंकिङमार्फत् समेत टिकट काट्न सकिन्छ । निकट भविष्यमै अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे पेपल, क्रेडिट कार्डमार्फत् पनि टिकट काट्न सकिने व्यवस्था मिलाउन लागेको कम्पनीले जनाएको छ । अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे सुरु भएपछि नेपाली मात्र होइन, विश्वका हरेक व्यक्तिले विश्वको कुनैपनि एउटा ठाउँबाट अर्को ठाउँमा जाँदा अनलाइन टिकट काट्न सक्ने छन् ।
सस्तो टिकटमा एयरलाइन्सका सबै विवरण, लगेज, विचमा पर्ने ट्रान्जिट, उडान अवतरणका बेला आउने अर्लट, फ्लाइट क्यान्सिल भएको तत्काल जानकारीजस्ता थुप्रै सुविधा रहेको कम्पनीको भनाई छ । यसमा ट्रान्जिट समयसमेत आफैँ हेरेर ट्रान्जिट कम बनाउन अथवा बढी भएको बढी भएको अप्सनबाट टिकट काट्न सकिनेछ ।
यस्तै, सस्तोटिकटमा एजेन्सीहरुलेजस्तै होटल बुक, टुर प्याकेजजस्ता धेरै सुविधा थप्दै लगिएको कम्पनीको भनाई छ । नेपालभित्र सस्तोटिकटको एजेन्सी बन्नुपरेमा इसेवा जोन वा पोइन्ट बन्नुपर्ने कम्पनीले बताएको छ ।
सस्तोटिकटबाट टिकट काट्न सुरूमा www.sastotickets.com  मा जानुपर्छ । यदि तपाईले पहिलोपटक सस्तो टिकट काट्दै हुनुहुन्छ भने तपाईले सस्तो टिकट डटकममा साइनअप गरी एकाउन्ट खोल्नुपर्छ । त्यसपछि इमेलमा आएको नोटिफिकेशन भेरीफाइ गरी लगअन भइ टिकट काट्न सक्नुहुनेछ ।  लगअन गरेपछि आफू जाने गन्तव्य, जाने मिति, आफ्नो व्यक्तिगत विवरण भरेपछि सर्च फ्लाइट गर्नुपर्छ । त्यसपछि आफूले चाहेको एयरलाइन्समा सबै विवरण भरिसकेपछि पेमेन्ट अप्सनमा गइ पेमेन्ट गरिसकेपछि इटिकट प्राप्त हुन्छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply