टेलिकमद्वारा बाढी पीडितलाई नि: शुल्क सिम वितरण

0
NT MEGA OFFER

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा प्रिपेड सिम नि:शुल्क वितरण गरेको छ । टेलिकमले बाढी प्रभावित तराईका २३ वटा जिल्लाहरुमा ५० रुपैयाँ टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड वितरण गरेको हो । टेलिकमले आज विज्ञप्ति जारी गर्दै सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको नि:शुल्क कल गर्ने सुविधा सहितको सिम वितरण शुरु भएको जनाएको हो ।

साथै बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नि:शुल्क उपलब्ध गराउने समेत जनाएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यहि भाद्र १२ देखि २६ गतेसम्म उपलब्ध हुने यो सुविधा कम्पनीको ग्राहक सेवा केन्द्रबाट समेत लिन सकिने टेलिकमले जनाएको छ ।